
लघुवित्तहरुमै सबैभन्दा धेरै शेयरमूल्य रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को गत आर्थिक वर्षको वित्तीय विवरणमा सबैजसो सूचकमा उत्साहप्रद वृद्धि देखिएको छ ।
महिलाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएकोमा १६७.८६ प्रतिशतले नाफा बढाएको हो ।
चुक्ता पूँजी १० करोड रूपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै अघिल्लो आवको तुलनामा गत आवमा प्रतिशेयर आम्दानी ३५.१३ रुपैयाँ बढेर ९२.९८ रुपैयाँ कायम पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३२०.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.३८ गुणा छ ।
सर्वसाधारणमा साधारण शेयर बिक्रीपश्चात चुक्ता पूँजी ६६.६७ प्रतिशतले बढाएको कम्पनीको समीक्षा अवधिमा जगेडा कोषको आकार ७२.७२ प्रतिशत,निक्षेप ४०.५० प्रतिशत, सापटी १२१.९४ प्रतिशत, कर्जा लगानी विस्तार ९.९६ प्रतिशतले बढेको छ । यस्तै खुद ब्याज आम्दानीमा ८७.४६ प्रतिशत र सञ्चालन नाफा १७७.८८ प्रतिशतको आकर्षक बढोत्तरी भएको छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले ९२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन, २ अर्ब २४ करोड ६८ लाख सापटी लिएर ३ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले २४ करोड ४ लाख ८३ हजार रुपैयाँ खुद व्याज आम्दानी र १० करोड ६० लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
संस्थाको जगेडा कोषमा २२ करोड ८ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १२ करोड ७९ लाख थियो । लघुवित्तको खराब कर्जा अनुपात ०.९३ बिन्दु बढेर १.७१ प्रतिशतमा पुगेको छ ।
लघुवित्तको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य ५ हजार ३०० रुपैयाँ रहेको छ । जुन लघुवित्तहरुमै सबैभन्दा उच्च मूल्य हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया