उपकार लघुवित्त र रिभर फल्स पावरले मागे आईपीओ बिक्री अनुमति

0
Shares


उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले प्राथमिक शेयर ( आईपीओ) जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

बोर्डका अनुसार उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख र रिभर फल्स पावर लिमिटेडले ३४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति मागेका हुन् । दुबै कम्पनीले शेयर जारी गर्न साउन १३ गते निवेदन पेश गरेका हुन् ।

उपकारले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । शेयर जारी गर्न कम्पनीले नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेडलाई आइपीओ निष्काशन तथा विक्री प्रबन्धक चयन गरेको छ ।

यसैगरी रिभर फल्स पावर लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । शेयर जारी गर्न कम्पनीले प्रभु क्यापिटल लिमिटेडडलाई आइपीओ निष्काशन तथा विक्री प्रबन्धक चयन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  ०९ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।