सहुलियतलाई निरन्तरता दिँदै मौद्रिक नीतिमा सजगता अपनाइनेछ : गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई प्रदान गरिएको सहुलियतलाई निरन्तरता दिँदै मौद्रिक नीतिमा केही सजगता अपनाइने बताएका छन् ।

बुधबार व्यवस्थापिका संसदको अर्थ समितिमा भएको चालु आवको मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नर अधिकारीले कोभिड र त्यसको प्रत्यक्ष असर कायम रहेसम्म पुनर्कजाको निरन्तरता गर्नुपर्ने देखिएको बताए ।

साथै कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असर स्वरुप व्यवसायमा परेको समस्यालाई सम्बोधन गर्न ऋणको नविरकण तथा पुर्नरसंरचना लगायतका विषयलाई प्रभावको आधारमा निरन्तरता दिन आवश्यक रहेको उनको भनाई छ ।

कोभिडको तेस्रो लहरबाट पुनरुत्थानको बाटोमा थप चुनौति सृजना हुनसक्ने देखिएको र पेट्रोलियम पदर्थामा भएको मूल्यवृद्धिले मुद्रास्फितीमा प्रभाव पार्ने दबाब पर्ने सम्भावना रहेको गभर्नर अधिकारीले बताए । बढ्दो आयात धान्न विप्रेषणले साथ नदिएमा सञ्चिति व्यवस्थापनमा चुनौति थपिनुका साथै अतिप्रभावित क्षेत्रको पुनरुत्थान अझै चुनौतिपूर्ण रहेको उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।