अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ

0
Shares

अर्थसचिव मधुकुमार मरासिनीले बुधबार नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको रुपमा सपथ लिएका छन् ।

सोमबार अर्थ मन्त्रालयको सचिवमा पद बहाली गरेका सचिव मरासिनीले बुधबार राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले सर्वोच्च अदालतमा सपथ गराएका थिए ।

अर्थसचिव राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्य हुने व्यवस्था छ । राष्ट्र बैंक ऐन २०५८ को दफा १४ मा अर्थमन्त्रालकाये सचिव नेपाल राष्ट्र बैंक सञ्तालक समितिको सदस्य रहने व्यवस्था छ । शिशिरकुमार ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि सञ्चालक पद रिक्त थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नरले सञ्चालक समितिको अध्यक्षता गर्छन् २ जना डेपुटी गभर्नर सञ्चालक समिति सदस्य हुन्छन् । अर्थसचिव पदेन सदस्य र बाँकी तीन जना सरकारले विज्ञताका आधारमा सदस्य नियुक्त गर्दछ ।

यसरी नियुक्त हुने सञ्चालक समिति सदस्य तथा गभर्नरले राष्ट्र बैंक ऐन २०५८ को दफा १०८ मा भएको व्यवस्था बमोजिम सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीश समक्ष पद तथा गोपनियतको सपथ लिनुपर्ने व्यवस्था छ ।

निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै सरकारले महालेखा नियन्त्रक मधु मरासिनीलाई आइतबार अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।