निर्धन उत्थानको राइट ब्याकले नाफा वृद्धि, इपिएस ३५ रुपैयाँले बढ्यो

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले आर्थिक वर्ष २०७७/७८ मा ९१ करोड ९१ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२३.२६ प्रतिशतले बढी हो ।

लघुवित्तले अघिल्लो आवको अन्त्यसम्म २८ करोड ४३ लाख खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी र खराब कर्जा असुली बढेपछि लघुवित्तको खुद नाफा बढेको हो। तर कम्पनीको संचालन नाफा भने घटेको छ ।

लघुवित्तको नाफा बढेपछि प्रतिशेयर आम्दानीमा उच्च वढोत्तरी आएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ २७ पैसा ले बढेर ५४ रुपैयाँ २३ पैसा पुगेको छ । अघिल्ले वर्ष १८ रुपैयाँ ९६ पैसा थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ४३.५४ प्रतिशत, अन्य सञ्चालन आम्दानी २५.४२ प्रतिशत बढेको छ । लघुवित्तले यस अवधिसम्म १५ अर्ब ८१ करोड निक्षेप संकलन तथा ६ अर्ब ३२ करोड कर्जा सापटी गरेर २४ अर्ब ७ करोड कर्जा विस्तार गरेको छ । जसबाट लघुवित्तले २ अर्ब १४ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको सञ्चालन मुनाफा २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ। सम्भावित जोखिम बापतको व्यवस्थामा ४ अर्ब २६ करोड २३ लाख रुपैयाँ छुट्याएपछि लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६९ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८० करोड रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत र जगेडा कोष ५१.३९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ८.८६ प्रतिशत घटेको छ भने निक्षेप १८.५७ प्रतिशत र कर्जा लगानी १९.४९ प्रतिशत बढेको छ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.५१ गुणा रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।