जीवन विकास लघुवित्तको यस्तो छ गत आर्थिक वर्षको प्रगति

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) को गत आर्थिक वर्षको वित्तीय विवरणमा सबैजसो सूचकमा आकर्षक बढोत्तरी देखिएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ३४ करोड १४ लाख रुपैयाँ नाफा कमाएकोमा १०१.९७ प्रतिशतले नाफा बढाएको हो ।

खुद ब्याज आम्दानी बढेर कोषको लागत घट्दा लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।

चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ११३.३४ रुपैयाँ छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३१५.२२ रुपैयाँ छ । अघिल्लो आव पश्चात मर्जर तथा आईपीओ बिक्रीले कम्पनीको पूँजी अत्याधिक बढ्दा प्रतिशेयर आम्दानी पनि उच्च नै घटेको छ । अघिल्लो आवमा लघुवित्तको इपिएस २४३.८७ रहेकोमा समीक्षा अवधिमा १३०.५३ रुपैयाँले घटेको छ ।

समीक्षा अवधिमा चुक्ता पूँजी ३३४.५७ प्रतिशत, जगेडा कोषको आकार १३७.६२ प्रतिशत, निक्षेप ४३.८८ प्रतिशत, सापटी १९३.१७ प्रतिशत, कर्जा लगानी विस्तार ९१.८७ प्रतिशतले बढेको छ । यस्तै खुद ब्याज आम्दानीमा ४९.२९ प्रतिशतले बढाएको लघुवित्तको उच्च सम्भावित नोक्सानी व्यवस्थाले सञ्चालन नाफामा ९.४६ प्रतिशतको गिरावट देखिएको छ । यद्यपी कम्पनीले ६७ करोड बढी खराब कर्जा असुली गर्दा खुद नाफा बढेको हो ।

२०७८ असार मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ९ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन, ९ अर्ब ९२ करोड ४७ लाख सापटी लिएर २० अर्ब ४५ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १ अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी र ३८ करोड ३७ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

संस्थाको जगेडा कोषमा १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ५५ करोड १० लाख थियो । लघुवित्तको खराब कर्जा अनुपात ०.३२ बिन्दुले बढेर ०.६१ प्रतिशतमा पुगेको छ ।

गरेको जीवन विकास लघुवित्तको धितोपत्र साउन १४ गतेदेखि नेप्से मार्फत दोस्रो बजारमा कारोबार शुरु भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।