गुराँस लघुवित्तको नाफा २ करोड २० लाख

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्ष २०७७।७८ मा २ करोड २० लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको यसै अवधिमा ३५ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा ५१४.७७ प्रतिशत अर्थात १ करोड ८४ लाख ७५ हजारले बढेको हो ।

चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २२.१५ ले बढेर २६.४६ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.८२ गुणा छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ११७.०९ प्रतिशत, निक्षेप ४५.७६ प्रतिशत, सापटी ३०.०३ प्रतिशत, कर्जा लगानी ३९.४२ प्रतिशत, खुद ब्याज आम्दानी ६९.६२ प्रतिशत र सञ्चालन नाफा ४९९.३८ प्रतिशतले बढेको छ ।

२०७८ असार मसान्तसम्ममा लघुवित्तले २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन, ७१ करोड ७६ लाख सापटी लिएर १ अर्ब २ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ८ करोड ५ लाख २४ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्दा सञ्चालन नाफा ३ करोड ३७ लाख ९९ हजार रुपैयाँ छ ।

संस्थाको जगेडा कोषमा ३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १ करोड ८२ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको खराब कर्जा अनुपात ०.८३ बिन्दुले बढेर ४.७७ प्रतिशत पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १२ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।