एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस पारित

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनीको बिहीबार सम्पन्न १५ औँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

काठमाण्डौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार रुपैयाँ नगद वितरण गर्ने लाभांश पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ । १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल लगायतका प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ६४ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले आव २०७६/०७७ २६ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको कुल लगानीमा गत आवको तुलनामा ९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा २३१ करोड ८ लाख पुगेको जानकारी दिएको छ।

आव २०७६/०७७ कम्पनीको कुल कारोबार गत आव २०७५/०७६ को तुलनामा ८.०८ प्रतिशतले वृद्धि भई १८०.०७ करोड बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले आफ्नो कारोबारको पुनर्बीमा हेनोभर री मार्फत गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।