मकर जितुमाया सुरि हाइड्रोपावर साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न बोलाएको विशेष सभाको मिति परिवर्तन गरेको छ ।
कम्पनीले यसअघि साउन २४ गते विशेष साधारण सभा आह्वान गरेकोमा बुधवार एक सूचना जारी गर्दै भदौ २ गते हुने जानकारी दिएको छ ।
सभा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बोलाइएको छ ।
उक्त सभाले आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र विविध विषयमा छलफल गरी पारित गर्नेछ ।
मकर जितुमाया सुरी हाइड्रोपावरले जारी पूँजी ७६ करोड अर्थात ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
साउन १८ गते सोमबार भएको उक्त सम्झौतामा हाइड्रोपावरको कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
कम्पनीले जारी गर्ने प्रारम्भिक शेयर निष्काशनमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।
सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया