नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) को गत आर्थिक वर्ष २०७७/७८ मा खुद नाफा ८ हजार ३६९ प्रतिशतले बढेको छ ।
अघिल्लो आवमा १८ लाख ५२ हजार मात्र खुद नाफा कमाएको लघुवित्तको नाफा १५ करोड ४९ लाखले बढेर १५ करोड ६८ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानीमा आएको वृद्धि र सम्भावित कर्जा नोक्सानी व्यवस्थामा कम रकम छुट्टाउँदा लघुवित्तको नाफा अत्याधिक बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा पनि आकर्षक सुधार आएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको ६५.७६ प्रतिशतले बढेर ३६ करोड ७२ लाख रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा चुक्ता पूँजी ४० करोड ४८ लाख रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३८.७५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १९०.७१ रुपैयाँ छ ।
अघिल्लो आवको तुलनामा गत आवमा लघुवित्तको निक्षेप १३.३८ प्रतिशत, सापटी २१.५० प्रतिशत, कर्जा लगानी ६.७२ प्रतिशत खुद ब्याज आम्दानी ८७.५७ प्रतिशत, सञ्चालन नाफा २७०६ प्रतिशतले बढेको छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५४करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन, १ अर्ब ९७ करोड ३५ लाख सापटी लिएर ४ अर्ब ४० करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ४७ करोड ५७ लाख ७ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्दा कम्पनी २४ करोड ३८ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफामा छ ।
अघिल्लो आवमा ६.५१ करोड सम्भावित कर्जा नोक्सानी कोषमा छ्ट्टाएकोमा गत आवका २.७८ करोड मात्र व्यवस्था गरेको छ । यस्तैअघिल्लो आवमा कुनैपनि राइटब्याक नगरेकोमा गत आवमा ६७ लाख राइटब्याक समेत भएको छ ।
संस्थाको जगेडा कोषमा ३६ करोड ७२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा २२ करोड १५ लाख रुपैयाँ थियो । लघुवित्तको खराब कर्जा अनुपात १.१६ बिन्दुले घटेर ३.५१ प्रतिशतमा सुधारिएको छ ।
२०७७ पुस १५ गते डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडलाई प्राप्ति (एक्वीजिसन) गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेकाले नेप्सेमा नाडेपको शेयर कारोबार रोक्का छ । सो प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया