मेरो माइक्रोफाइनान्सले साढे ३१ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

मेरो माइक्रोफाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले ३० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभंश गरि कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
माइक्रोफाइनान्सको हाल ६५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी छ । बोनशपछि चुक्ता पूँजी करिब ८५ करोड रुपैयाँ पुग्नेछ ।

माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा १६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा कायम गरेको थियो ।