
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिफल वितरणका लागि बुकक्लोज तय गरेका छन् ।
दुबै फण्डले साउन ३२ गते बुकक्लोज मिति तोकेका छन् ।
यसअनुसार दुबै फण्डको प्रस्तावित लाभांश पाउन साउन ३१ गतेसम्म नेप्सेमा इकाई खरीद गरी इकाईधनी कायम भैसकेको हुनुपर्नेछ ।
सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले गत आवबाट करसहित समान ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थिए ।
बिहीबार नेप्सेमा सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई १५.१० रुपैयाँ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको १६.१९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया