नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
आइतबार २४ कम्पनीको १०.५ प्रतिशतले हुन आउने एक लाख ९५ हजार ७७२.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीका शेयरधनीहरुलाई १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश चैत्र १४ गते, शनिबार मर्स्याङ्दी रिभर भ्यु रिसोर्ट, बन्दिपुर, तनहुँमा सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले पारित गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि लघुवित्तले फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसअनुसार फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया