कोभिडबाट मृत्य भएका महालक्ष्मी विकास बैंकका कर्मचारीका परिवारलाई आर्थिक सहयोग

0
Shares

महालक्ष्मी विकास बैंकका कर्मचारीहरुले कोभिडबाट मृत्य भएका आफ्ना कर्मचारीका परिवारलाई आर्थिक सहयोग गरेको छ।

बैंकले साँफेबगर अछाम शाखामा सुरक्षा गार्ड पदमा कार्यरत आफ्ना कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने निवाशी प्रेम बहादुर बोहराको निधन भए पछि बोहराका परिवारलाई आर्थिक सहयोग गरेको हो।

महालक्ष्मी विकास बैंकको पहलमा बोहराका परिवारलाई एक लाख ९७ हजार दुई सय रुपैयाँ प्रदान गरेको महालक्ष्मी विकास बैंक साँफेबगरका शाखा प्रमुख पुनित शाहले बताए बोहराको बैशाख ३१ गते निधन भएको थियो।

शनिबार महालक्ष्मी विकास बैंक लि. को एक टोली बोहराको निवास चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने पुगेर राहत वाफतको एक लाख ९७ हजार दुई सय रुपैयाँको चेक बोहराका पत्नी लक्ष्मी बोहरा र पार्वती बोहरालाई हस्तान्तरण गरिएको हो। उक्त रकम महालक्ष्मी विकास बैंकका सम्पुर्ण कर्माचारीहरुले आआफ्नो खाजा खर्च कटौति गरेर बोहराका परिवारलाई आर्थिक सहयोग गरेको हो।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  १४ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।