इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले भदौ ४ गते शुक्रबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
इन्फिनिटीले नेपाल एग्रोलाई १ः०.९८ को स्वाप रेसियोमा प्राप्त गर्न लागेको हो । अर्थात नेपाल एग्रोको १० कित्ता शेयर हुने शेयरधनीले एक्वीजिशनपश्चात इन्फिनिटी लघुवित्तको ९.८० कित्ता शेयर प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्र बैंकले साउन १५ गते, शुक्रबार ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई साउन १५ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
त्यसपछि कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते शुक्रबार नेपाल एगे लघुवित्तकाके अन्तिम दिनसम्मको स्म्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व प्राप्ती गर्ने इन्फिनिटीले सकार्ने गरी बिलय गर्न स्वीकृती दिएपछि एकीकृत कारोबारको मिति तय भएको हो ।
दुवै संस्थाको असार २१ गते, सोमबार सम्पन्न भएको साधारण सभाले एक आपमा भएगरेका सम्पूर्ण स्म्झौता अनुमोदन गर्दै शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।
दुई संस्थाले २०७७ माघ २६ गते, आइतबार प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
नेपाल एग्रो प्राप्ति पश्चात एकीकृत संस्थाको नाम इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र रजिष्टर्ड कार्यालय नवलपुर जिल्ला, गैँडाकोट नगरपालिका वडा नं. २, कालिगण्डकी चोकमा रहनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया