पछिल्लो २४ घण्टामा थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को ज्यान गयो

0
Shares

कोभिड-१९ बाट देशभर पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा ९ हजार ३३ वटा पीसीआर र ३ हजार ३४५ वटा एन्टिजेन गरी कुल १२ हजार ३७८ वटा नमुना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १९ जना संक्रमणमुक्त भएका छन् र थप ५५ जनाको मृत्यु भएको छ ।

हालसम्म ६ लाख ६९ हजार २९९ जनाले कोभिड संक्रमढा पराजीत गरेका छन् भने १० हजार ९३ जनाको संक्रमणका कारण निधन भएको छ । कोभिड निको हुनेदर ९३.६० प्रतिशत रहेको छ ।

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।