बरूण हाइड्रोपावरको हकप्रदको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

0
Shares

बरूण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा आइतबार बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

यससँगै अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।

कम्पनीले २०७७ पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसअघि कम्पनीले २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । तर विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति नदिएपछि बोर्डले कम्पनीको निवेदन खारेज गरिदिएको थियो ।

यसरी बरुणले यसअघि जारी गर्न नसकेकोे हकप्रद निष्काशनको प्रक्रिया पुनः थालेको हो ।

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  १८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।