संयुक्त सरकारले कोरोना प्रभावित व्यवसायलाई विषेश आर्थिक प्याकेज ल्याउने


संयुक्त सरकारले कोरोनाका कारण संकटग्रत भएका उद्योग व्यवसायका लागि विषेश आर्थिक प्याकेज ल्याउने भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रममा तोकिएको ११ प्रथामिकतामा कोरोना प्रभावितालाई पनि समावेश गरेको हो ।

संयुक्त सरकारले उत्पादनमस्खी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने लगायतका विषयलाइ विषेश प्रथमिकतामा राखेको छ । त्यती मात्र नभै सरकारले कोभिड १९ को महामारीमा नागरिकको जिवन रक्षा गर्ने, विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसंग भएका सहमतिहरुको कार्यान्वयन गर्ने लगाउतका संयुक्त कार्यक्रम तय गरेको छ ।

सरकारले विषेश गरी न्यूनतम साझा कार्यक्रमका प्राथमितामालाई विभिन्न ११ बुँदामा समेटेको छ । न्यूनतम साुझा कार्यक्रममा पहिलो बुँदामा मूख्य प्राथमिकता भन्दै कोभिड १९ को महामारीमा नागरिकको जिवन रक्षालाइ राखेको छ । त्यसैगी संविधानको सर्वोच्चता, कानुनी राज्य, सुशासनको प्रत्याभुति दिने विषयलाइ दोस्रो बुँदामा समेटेको छ ।

त्यसैगरी सरकारले शान्ति प्रक्रियालाइ पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसंग भएका सहमतिहरुको कार्यान्वयन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ । सरकारले साझा कार्यक्रमको प्राथमिकतामा राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने समेत उल्लेख गरेको छ ।

सरकारले संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारहरुको सवलीकरणको लागि आवश्यक कानून तर्जुमा गर्ने र संसदमा विचाराधीन विधेयहरु टुङगो लगाउने विषयलाइ पनि प्रथमिकतामा समेटेको छ । सामाविक–आर्थिक रुपान्तरणको आधार निर्माण गर्दै उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने सरकारको न्यूनतक कार्यक्रम रहेको छ ।

सरकारले उत्पादनमस्खी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने जनाएको छ । कोभिड १९ का कारण संकट ग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्ति पयलेस, ब्यायामशाखा, सिनेमा तथा मानोरञ्जन उद्योगलगायतका क्षेत्रहरुको उतथानका लागि कोभिड १९ बाट प्रभावित श्रमजीवी, विपन्न, बेरोजगार आदिको राहतका लागि विषेश आर्थिक प्याकेजको व्यवस्थालाइ समेत प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । त्यसैगरी सरकारले बाढी पहिरो आगलागी तथा डुवान लगायतका बिपत्ति परेका जनताको उद्धार, राहत तथा पुनस्थापना गर्ने विषयलाई

सरकारले राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने र आपसी संवाद, सहमती र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ विषयहरुलाई समावेश गरी ११ बुँदाको प्राथमिक कार्यक्रमहरु तोकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।