
यो साताको पहिलो दिन आइतबार ओरोलो लागेको सुनचाँदीको मूल्य सोमबार पनि घटेको छ । आइतबार र सोमबार गरेर दुईदिनमा सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँ र चाँदी ५० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १००० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २१५ रुपैयाँ कायाम गरिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भउको थियो ।
आइतबार छापावाला सुन १ हजार ५०० रुपैयाँ, तेजावी १ हजार ४५० रुपैयाँ र चाँदी तोलाको २५ रुपैयाँले घटेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया