माछापुच्छ्रे बैंकको सञ्चालक सृजना कार्कीको राजीनामा स्वीकृत, बन्दना कार्की नियुक्त

0
Shares

माछापुच्छ्रे बैंक (MBL) का सञ्चालक सृजना कार्कीले दिएको राजीनामा आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ भने उक्त स्थानमा बन्दना कार्कीलाई नियुक्त गरिएको छ ।

आइतबार बसेको सञ्चालक समितिको ४४९ औं बैठकले सृजना कार्कीको राजीनामा स्वीकृत गदै सोही बैठकले रिक्त भएको सञ्चालक पदमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट मुस्ताङ चोक ९ पोखराकी बन्दना कार्कीलाई नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिए ।

सृजना कार्कीले साउन ५ गते आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । उक्त जानकारी बैंकले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।