
नेपाल प्रहरीले ४ लाख ८४ हजार ५१२ रुपैयाँ नगद सहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको मध्यबानेश्वरस्थित रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की सहित ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई ४ लाख ४८ हजार ५ सय रुपैयाँ नगद र ६२ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले स्याङ्जा, वालिङ नगरपालिका–९ क्याम्पस रोड डेरा गरी बस्ने ख्याम बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा ३२ वर्षीय रुक बहादुर थापा लगायत ११ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
उनको कोठामा जुवातास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया