थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोर्डसँग अनुमति माग

0
Shares

थ्री स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नका बोर्डमा आवेदन दिएको हो । कम्पनीले बोर्डसँग साउन १७ गते अनुमति मागेको हो ।

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले बोर्डबाट अनुमति पाएपछि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधरणका लागि आईपीओ निष्काशन गर्नेछ ।

हाइड्रोपावर कम्पनीले खोटाङमा ७.१५१ मेगावाटको परियोजना निमार्ण गर्दैछ । कुमार खरेलको लगानी रहेको थ्री स्टार को कुल पुँजी एक अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

थ्रीस्टार हाईड्रोपावर प्रालि काठमाडौंले खोटाङको राजापानी, छोरम्बु, याम्खा, बतासे र विजयखर्क हुँदै बहने साप्सु खोलाबाट अढाई वर्षभित्रै एक अर्ब ३० करोडको लगानीमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको थियो ।

थ्रीस्टार हाईड्रोपावर प्रालिका अध्यक्ष कुमार खरेलले मानवबस्तीभन्दा टाढा रहेको साप्सु खोला हाईड्रोपावर जिल्लाका स्थानीय खोलाबाट उत्पादन गर्न लागिएको हाईड्रोपावरमध्ये सबैभन्दा ठूलो आयोजना रहेको बताए ।

आयोजनालाई विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा २ र विद्युत नियमावली २०५० को नियम ८ बमोजिम नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको महानिर्देशकस्तरको निर्णयले विद्युत उत्पादनको सर्वेक्षण अनुमतीपत्र दिने निर्णय गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।