स्रोत नखुलेको ९१ लाख ९६ हजार रकम सहित ४ जना पक्राउ

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल लगायत ४ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरेर राखेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त रकम फेला परेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २७ श्रावण २०७८, बुधबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।