बीमा व्यवसायको अध्ययन अनुसन्धान गर्ने संस्थालाई प्रस्ताव पेश गर्न आह्वान

0
Shares

बीमा समितिले नेपालमा बीमा व्यवसायको समग्र अवस्थाको अध्ययन गर्ने भएको छ । समितिले हालको बीमा व्यवसायको अध्ययन गरी बीमा व्यवसायको व्यापकताका लागि चाल्नु पर्ने कदमका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन समेत तयार पार्ने भएको छ ।

उक्त अध्ययन प्रतिवेदन तयार पार्नका लागि बीमा क्षेत्रको अध्ययन/अनुसन्धानमा क्रियाशिल संस्था/प्रतिष्ठानहरुलाई प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न समितिले आह्वान गरेको छ ।

सो क्षेत्रमा क्रियाशिल संस्थाहरुले यो सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात भदौ १६ गतेभित्र छुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव सहितछुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव सहित प्रस्ताव पेश गर्नु पर्ने समितिले जनाएको छ ।

अध्ययन संस्थाहरुबाट प्राप्त प्राप्त प्राविधिक प्रस्तावहरु सम्बन्धित संस्थाको प्रतिनिधिको उपस्थितिमा समितिको कार्यालयमा खोलिने समितिले बताएको छ । प्राविधिक प्रस्ताव पेश गर्नेहरुमध्इे बढीमा ३ उत्कृष्ट प्रस्तावहरु छनौट गरी ती प्रस्तावकका मात्रै आर्थिक प्रस्ताव खोलिने समितिद्धारा जारी सूचना उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।