
बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ८९ हजार ४०० रुपैयाँ, तेजावी ८८ हजार ९५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९० कायम गरिएको छ ।
बुधबार छापावाला सुन तोलाको ८८ हजार ८०० रुपैयाँ, तेजावी ८८ हजार ३५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया