हिमालयन जनरल इन्स्योरेन्सको नाफा १०% ले घट्यो

0
Shares

हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिकमा कम्पनीको खुद नाफा १०.३६ प्रतिशतले घटेर १५ करोड ५५ लाख ६६ हजार रुपैयाँमा सिमित भएको छ ।

गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफा सँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले घटेर १४ रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ २० पैसा रहेको थियो ।

कम्पनीले २५ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३.९७ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा कम्पनीले २६ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चुक्ता पूँजी ३ प्रतिशतले बढेर १ अर्ब १० करोड ३ लाख रुपैयाँ पुगेको छ ।कम्पनीको जगेडा कोषमा २४ करोड ६७ लाख ९० हजार रुपैयाँ र बीमा कोषमा ६३ करोड ९७ लाख १८ हजार रुपैयाँ सञ्चित भएको छ ।

गत आवको चौथो त्रैमासमा पुनर्बीमा कमिशन आयबाट ११ करोड रुपैयाँ आम्दानी गरेको छ । इन्स्योरेन्सले ७५ हजार ६८७ वटा बीमालेख जारी गरी एक अर्ब ३० करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सले चौथो त्रैमाससम्ममा ७ हजार ३८४ दाबी बापत १ अर्ब ७५ करोड ४७ लाख ५५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । तीन हजार ६२३ दाबी वापत ५६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।