एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क ४९% ले बढ्यो, नाफा २५ करोड

0
Shares

एनएलजी इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद बीमाशुल्क ४९.६३ प्रतिशतले बढेको छ ।

गत आवको चौथो त्रैमासम्मको अवधिमा कम्पनीले ८९ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५९ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले २५ करोड २२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा २० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा २५.४८ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३.०१ रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ४६ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २४२.१४ रुपैयाँ पुगेको छ ।

हालसम्म २ लाख २६ हजार २५७ वटा बीमालेख जारी गरी कुल २ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले ८ हजार ३३९ वटा बीमालेख वापत १ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा ६ हजार ८८ संख्याको दाबी वापत १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।