गुराँस लघुवित्तले वैशाख १६ गतेदेखि आईपिओ जारी गर्ने

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्थाले यही वैशाख १६ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । गुराँसले एक सय अङ्कित दरमा कूल दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।

सोमध्ये तीन हजार ८७५ कित्ता कर्मचारी, १२ हजार ५०० कित्ता सामूहिक लागानी कोष र सर्वसाधारणका लागि दुई लाख ३३ हजार ६२५ कित्ता साधारण शेयर निष्काशन गरिने छ । आवेदकले न्यूनतम् १० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा यही वैशाख २० गते र ढिलोमा आगामी जेठ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले गुराँस लघुवित्तलाई आईपिओ निष्काशनका लागि गत चैत २६ गते स्वीकृति दिएको थियो ।

उक्त वित्तीय संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । आवेदकले सि–आस्वा प्रणालीमार्फत आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत शेयर आवेदन गर्न सक्नेछन् । पूर्वी नेपालको १० जिल्लामा कार्यक्षेत्र रहेको उक्त वित्तीय संस्थाको कूल २३ शाखा रहेका छन् ।