सिभिल बैंकको व्यवसाय विस्तार ५० प्रतिशतभन्दा धेरै, खुद नाफा ५६ करोड

0
Shares

सिभिल बैंक (CBL) ले गत आर्थिक वर्षमा ५० प्रतिशत बढीले व्यवसाय विस्तार गरेको छ । बैंकले निक्षेप संकलन र कर्जा विस्तारमा आक्रामक सुधार गरेको हो ।

गत आर्थिक वर्षमा बैंकले ८८ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७९ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

आव २०७६।७७ मा बैंकले ५२ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले ३१ अर्ब १२ करोड रुपैयाँले निक्षेप र २६ अर्ब ८६ करोडले कर्जा लगानी विस्तार गरेको हो । जुन प्रतिशतका आधारमा हेर्दा निक्षेपमा ५४.११ प्रतिशत र कर्जामा ५१.४५ प्रतिशत हुन आउँछ ।

निक्षेपसंकलन र कर्जा लगानीमा मात्र होइन बैंकले समीक्षा अवधिमा खराब कर्जा अनुपात (एनपीएल) पनि उल्लेख्य घटाएको छ । अघिल्लो आवमा २.३८ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवमा १.०५ प्रतिशतमा सुधारिएको छ ।

गत आवमा व्यवसाय विस्तार भए अनुरुप बैंकले खर्च कटौती गर्न नसक्दा बैंकको नाफा भने बढ्न सकेको देखिँदैन । बैंकको ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी नै घटेको छ भने अन्य खर्चले पनि बैंकको मुनाफा प्रभावित भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खूद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४३ लाख मात्र बढी हो ।

गत आवमा बैंकले २ अर्ब २१ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ९० करोड १९ लाख सञ्चालन नाफा आर्जन गरेको छ । चुक्ता पूँजी ८ अर्ब ६४ करोड रहेको बैंकको वितरण योग्य नाफा ४९ करोड ८५ लाख ८५ हजार रुपैयाँ छ ।

बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड ९० लाख रुपैयाँ र शेयरधनी कोषमा ६४ करोड ३२ लाख १३ हजार रुपैयाँ सञ्चित रहेको छ ।
सिभिल बैंकको प्रतिशेयर आम्दानी ६.४७ रुपैयाँ, प्रति शेयरनेटवर्थ १२३.६७ रुपैयाँ,  स्प्रेड दर २.५२ प्रतिशत, आधार ब्याजदर ७.८३ प्रतिशत, कस्ट अफ फण्ड ६.४६ प्रतिशत, सीडी रेसियो ८०.३२ प्रतिशत, मूल्य आम्दानी अनुपात ४४.१९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७८, आइतबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।