शेयर बजारमा सुधार आएपनि कारोबार रकममा भने गिरावट

0
Shares

मंगलबारको शेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से सूचक ४.८७ अंकले बढेर १२०८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांस सूचक सकारात्मक रहदा बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ ।

१६७ कम्पनीको ८ लाख ५० हजार ३८६ कित्ता शेयर २४ करोड ४६ लाख ६८ हजार २०९ रुपैंयाँ बराबरमा किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा १४ करोड कम हो ।

यसदिन बैंकिङ समूह ५.२, डेभलपमेन्ट बैंक ४.५४, जलविद्युत ८.०५, वित्त कम्पनी ५.१६, जीवन बीमा कम्पनी १५.३, माइक्रोफाइनान्स समूहको उपसूचक ९.९५ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ३६ लाख २८ हजार रुपैयाँ बढीको शेयर किनबेच भयो । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र प्रभु बैंक रहेका छन् ।

यो दिनको कारोबारमा सबैको लघुवित्त वित्तीय संस्था, आँधिखोला लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने सिटि एक्सप्रेस फाइनान्स, अरुण कावेली पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।