एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले नियामक निकाय धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ ।
गत जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको बैंकले साउन ३१ गते आइतबार अनुमति पाएको हो ।
बैंकले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको हो ।
बोर्डबाट अनुमति पाएसंगै बैंकले अब बुकक्लोज मिति तोकेर १०ः ३ को अनुपातले हुन आउने हकप्रद शेयर बिक्रीमा ल्याउनेछ ।
बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।
बैंकले अघिल्लो आव २०७६/७७ बाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल शेयर खरीद गर्नेले हकप्रद र बोनस दुबै पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया