नयाँ जेनेरेशन अतुल रीक नेपालमा सार्वजनिक भएको छ । अतुल अटोको नेपालका लागि आधिकारीक विक्रेता भिजी अटोमोवाइल्सले राजधानीमा एक कार्यक्रम गरी तीन चक्के टेप्पु अतुल रिकको बिक्री शुभारम्भ गरेकोे हो।
तीन चक्के टेम्पु निमार्णमा इन्डीयाकै प्रसिद्ध कम्पनीका रुपमा रहेको अतुल अटोले नेपाली बजारमा भित्र्याएको अटो रिक २२ भन्दा धेरै देशमा विक्री हुँदै आएको कम्पनीले जनाएको छ ।
.png)
अतुल अटोले भारतको राजकोट र अहंदावाद स्थित कारखानाबाट अतुल रिक उत्पादन उत्पादन गर्दै आएको छ । अतुल रिक एड्भान्स फिचरका साथै कम्फर्टेवल र स्टायलिस रहेको कम्पनीले दावी गरेको छ ।
पावरफुल इन्जीनका साथमा आएको अतुल रिक नयाँ जेनेरेशनको फिचरहरुले सजिएको छ । अतुल रिकले आफ्नो ग्राहकहरुका लागिथ पाँच पिलरको ग्यारेन्टी गरेको छ । जसमा सुरक्षा, स्टाइल, स्पेस, वचत र मजबुति रहेका छन् ।
यसका दमदार फिचर्सहरुले गर्दा नेपाली बजारमा पनि लोकप्रिय हुने कुरामा कम्पनी विस्वसत छ । नयाँ जेनेरेशनको फिचरले गर्दा रिक चलाउनेको लागि अब समय बदलिने छ । किनकी यसको यात्रा सानदार र आम्दानी दमदार हुने छ ।
यसमा इन्जिन १९८.६ सि.सि. ४ स्ट्रोक एर कुल्ड सिङ्ग्ल सिलिन्डर र ४ वटा गियर्स रहेका छन् । त्यसैगरी पहिलो गिएरमा १८ डिग्री उकालो सम्मा लैजान मिल्ने र टर्निङ्ग रेडीयस १८० डिग्री रहेको छ । यो लगायत यसका थुप्रै विशेषताहरुले भरीपूर्ण छ ।
कम्पनीले नेपाली बजारमा लोकप्रिय हुने अपेक्षा गरेको छ । नयाँ जेनेरेशनको रीक चलाउँदा यसले आम्दानीमा वृद्धि हुनेसमेत कम्पनीले बताएको छ ।
यसको मूल्य ५ लाख ५५ हजार ९०० रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया