सोमबार सुनचाँदीको मूल्य घट्यो

0
Shares

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २०० रुपैयाँ कायम कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ र चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३२ श्रावण २०७८, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।