
भदौ महिना लागेसंगै नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ५०० रुपैयाँ रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।
साउनको अन्तिम सोमबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया