गरिमा विकास बैंकले भदौ १५ गते डाक्यो विशेष साधारण सभा

0
Shares

गरिमा विकास बैंक (GBBL) ले भदौ १५ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको छ ।

बैंकले विशेष सभा मार्फत सहारा विकास बैंकलाई एक बराबर एक शेयर आदान प्रदान रेसियोमा प्राप्ती गर्ने (एक्वीजिशन) प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

एकीकृत संस्थाको नाम ‘गरिमा विकास बैंक लिमिटेड’ कै नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ ।

यस्तै सभामा गरिमा विकास बैंक र सहारा विकास बैंकबीच प्राप्ती प्रकृयाका सम्बन्धमा भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने र प्रबन्धपत्रमा जारी तथा चुक्ता पुँजी सम्बन्धी व्यवस्थाहरु संशोधन गर्ने प्रस्ताव रहेको छ ।

एक्वीजिशनपछि लगानीकर्ताले सहाराको १ कित्ता शेयर बराबर गरिमाको १ कित्ता नै शेयर पाउनेछन् । सहारालाई एक्वायरपछि गरिमाको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ पुग्नेछ ।

सभा प्रयोजनका लागि भदौ ९ गतेदेखि बुकक्लोज गरिने भएको छ । यसअनुसार भदौ ८ गते मंगलबार नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ता मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।