प्रिमियर इन्स्योरेन्सको जगेडा कोष २६ प्रतिशतले बढ्यो

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) ले गत आर्थिक वर्ष २०७७।७८मा करिब २६ प्रतिशतले जगेडा कोषकोे आकार वृद्धि गरेको छ ।  अघिल्लो आवको तुलनामा जगेडा कोष २५.९६ प्रतिशतले बढ्दा ४० करोड ९१ लाख रुपैयाँ सञ्चित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफामा ५.६० प्रतिशत र खुद बीमा शुल्क संकलन ९.६० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्रिमियरले ३७ करोड ३७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा कम्पनीले ७६ करोड २४ लाख ९७ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा ६९ करोड ५६ लाख ९३ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोषको आकार २६.७७ प्रतिशतले बढेर ८५ करोड २५ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६७ करोड २४ लाख रुपैयाँ थियो ।

चुक्ता पूँजी १ अर्ब ७ करोड रुपैयाँ रहेको प्रिमियरको प्रतिशेयर आम्दानी गत आवमा ३४.७८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२१.५२ रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अवधिमा ७ हजार ८९५ वटा संख्यामा १ अर्ब ३० करोड ५१ लाख ७१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । ६ हजार ४७८ वटा सख्यामा परेको २ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको जारी बीमालेखको संख्या १ लाख ५२ हजार ४५६ रहेको छ । जसमध्ये ३४ हजार ३८२ वटा बीमालेख नवीकरण गरिएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  १२ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।