“८.५% प्रभु बैंक डिबेन्चर २०८७” सूचीकृत

0
Shares

“८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

प्रभु बैंकले जारी गरेको २ अर्ब ६६ करोड रुपैयाँ बराबरको २६ लाख ५० हजार कित्ता ऋणपत्र मंगलबार नेप्सेमा दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । यससँगै अब बुधबारदेखि लगानीकर्ताले उक्त ऋणपत्र कारोबार गर्न सक्नेछन् ।

प्रभु बैंक लिमिटेडले गत जेठ ११ गतेदेखि जेठ २६ गतेसम्म प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये १३३ लाख ५० हजार इकाई बिक्री नभएपछि २६ लाख ६५ हजार इकाई मात्र नेप्सेमा सूचीकृत गरिएको हो ।

उक्त ऋणपत्रको अवधि १० वर्षको रहेको छ । कम्पनीले मेगा क्यापिटल मार्फत उक्त धितोपत्र बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  १३ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।