मालिका बचतको नाफामा ९५ प्रतिशतले वृद्धि

0
Shares


मालिका बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंले गत आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य प्रगति गरेको छ ।

संस्थाले सो अवधिमा शेयर पूँजी ५ प्रतिशतले वृद्धि गरी १० करोेड ४० लाख रुपैयाँ पुर्याएको छ । बचत संकलन ३५ प्रतिशतले बृद्धि गरी ५६ करोड रुपैयाँ पुगेको अध्यक्ष जनक धामीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा संस्थाको ऋण लगानी ३० प्रतिशतले बृद्धि भएको बताइएको छ । संस्थाको वासलत ७५ करोड रुपैयाँ छ । आउने आर्थिक वर्षमा वासलत १ अर्ब पुर्याउने संस्थाको लक्ष्य रहेको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नाफामा समेत ९५ प्रतिशतले वृद्धि गरेको छ । कोरोना महामारीको समयमा समेत संस्थाले नाफा र अन्य वित्तीय विवरणमा उल्लेख्य सुधार गर्न सफल भएको अध्यक्ष धामीले जानकारी दिए । संस्थामा जगेडा तथा अन्य कोष २ करोड भन्दा बढीको छ ।

काठमाडौैंको कुलेश्वरमा प्रधान कार्यालय रहेको सहकारीको सेवा केन्द्रहरु काठमाडौंको सुन्धारा र मैतीदेवीमा रहेको छ । सहकारीमा २५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरुसमेत गर्दै आइरहेको छ ।

नाफाको ३ देखि ५ प्रतिशत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेको सहकारीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।