कम्बोडिया पठाइदिने प्रलोभनमा ३९ लाख ठगी

0
Shares

नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका–१ गोकुले का २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार पक्राउ गरेको हो ।

विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै र कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने भन्दै ६ जनाबाट ३९ लाख रुपैयाँ ठगी गरेका थिए ।

पीडितहरुबाट उक्त रकम लिएर सम्पर्क विहीन भएका मोक्तानलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।