पुनर्बिमा कम्पनीको व्यवसाय तथा कमाईमा सुधार, १६० करोडको आईपीओ आउँदै

0
Shares

नेपाल पुनर्बिमा कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक वर्षमा व्यवसाय तथा नाफा बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा जीवन बीमातर्फ ६.३३ प्रतिशत र निर्जीवन तर्फ २५.४५ प्रतिशतले खुद नाफा बढाएको छ । असार मसान्तसम्म जीवन बिमातर्फ १९ करोड ११ लाख ६५ हजार रुपैयाँ र निर्जीवन बिमातर्फ ९८ करोड ६८ लाख ६९हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

असार मसान्त सम्ममा जीवन बीमा व्यवसायबाट ४० करोड ७३ लाख ७७ हजार रुपैयाँ र निर्जीवन बिमाबाट ५ अर्ब १२ करोड ३२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

हाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको निर्जीवन बीमातर्फ २ अर्ब ९६ करोड ६ लाख रुपैयाँ रिजर्भ कोषमा राखेको छ । जीवन बीमातर्फ रिजर्भ कोषमा ५३ करोड २८ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

नेपाल पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।