मंगलबार नेप्से सामान्य बढेर बन्द भएको छ । तीव्र उतार चढाव भोगेको मंगलबारको बजारमा पनि कारोबार रकममा भने उत्साह नै देखिएको छ ।
कारोबारमा आएका १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने शेयर कारोबार धेरै हुने कम्पनीमा पनि यीनै क्षेत्रका कम्पनी अग्र स्थानमा अटाएका छन् ।
मंगलबार नेप्से ०.२३ अंकले बढेर ३१६०.३२ बिन्दुमा उक्लिएको छ । यसदिन १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ बराबरको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर खरीद बिक्री भएको छ । दिनभर १ लाख ६१ ह्जार ७२१ वटा संख्यामा कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये विकास बैंक सूचक सबैभन्दा धेरै ५.१७ प्रतिशतले बढ्दा फाइनान्स ४.८८ प्रतिशत र हाइड्रोपावर ३.१७ प्रतिशतले बढेको छ । ६ समूहको सूचक बढेको छ भने ७ समूहको सूचक घटेको छ ।

यसदिन १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार माउन्टेन इनर्जी, गोर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स, दिब्यश्वरी हाइड्रोपावर, अरुण कावेली हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, पन्चकया माइ हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, सिईडिबि हाइड्रोपावर, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर, आरएसडिसी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।
यस दिन एनआइबिएल प्रगति फण्डको इकाई मूल्य सबैभन्दा धेरै ३.८६ प्रतिशतले घटेको छ । नबिल डिबेञ्चर २०८५ को मूल्य ३.८० प्रतिशत, सिद्धार्थ इक्वीटी फण्ड ३.२४ प्रतिशत, माछापुच्छ्रे बैंकको २.७५ प्रतिशत र प्राइम लाइफ इन्स्योरेन्सको २.५८ प्रतिशतले घटेको छ ।
मंगलबार अपि पावरको सबैभन्दा धेरै ८६.३८ करोडको कारोबार भएको छ । एचआईडिसीएल ६२.४० करोड, अरुण कावेली हाइड्रोपावरको ६०.३४ करोड, रिडी हाइड्रोपावरको ५५.१९ करोडको शेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया