
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार २०५ रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँ, तेजावी सुन ९० हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया