सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

0
Shares

सिबिआईएल क्यापिटलको व्यवस्थापन अन्तर्गत सिटिजन्स म्युचुअल फण्डबाट सञ्चालित दुई सामुहिक लगानी कोष योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेका छन् ।

योजना व्यवस्थापकको भदौ १ गते सम्पन्न बैठकले सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को समान ४० प्रतिशत प्रतिफल घोषणा गरेको सीबिआइएएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवराज गिरीले जानकारी दिए ।

सिटिजन्स म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई ४० प्रतिशतका दरले हुन आउने कर सहित ३२ करोड ८० लाख रुपैयाँ र सिटिजन्स म्युचुअल फण्ड २ ले पनि काईधनीहरुलाई ४० प्रतिशतले हुने आउने कर सहित २२ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

दुबै फण्डको बुकक्लोज मिति तोकिएको छैन । लाभांशका लागि इकाईधनी पुस्तिका बन्द हुने मिति पछि प्रकाशन गरिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ भाद्र २०७८, बुधबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।