शेयरको रकम भुक्तानी गर्नेलाई इसेवाले १० कित्ता शेयर दिने


डिजिटल भुक्तानी सेवाप्रदायक इसेवाले शेयर खरिद गरेको रकम इसेवाबाट भुक्तान गर्नेलाई खरिद गरेको १० कित्ता शेयर बराबरको रकम फिर्ता गरिदिने भएको छ । इसेवाले “१० कित्ता शेयर सित्तैमा” अफर अन्तरगत यस्तो योजना ल्याएको हो ।

इसेवाका अनुसार नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीबाट शेयर खरिद गर्नेहरुको हकमा मात्र यो अफर लागू हुनेछ । अफरमा सहभागि हुनका लागि टीएमएसमा उल्लेख भएको लगानीकर्ताको नाम इसेवा एकाउण्टमा पनि मिल्नु पर्ने इसेवाले जनाएको छ ।

अफर अन्तरगत लगानीकर्ताले ब्रोकरलाई शेयर वापतको रकम आफ्नै इसेवा खाताबाट भुक्तानी गर्नु पर्ने हुन्छ । यसरी रकम भुक्तानी गरे पछि लगानीकर्ताले भुक्तान गरेको कम्पनीको १० कित्ता शेयरको मूल्य वा १५ हजार रुपैंया मध्ये जुन कम हुन्छ त्यो रकम गोला प्रथाबाट १ जनालाई फिर्ता गरिने इसेवाले जनाएको छ ।

साउन ३० गतेदेखि सुरु भएको अफर भदौ ११ गतेसम्म सञ्चालन हुने इसेवाले जनाएको छ ।

इसेवाका अनुसार मेरो शेयर र डिम्याट खाता नबीकरण गर्नेहरुलाई पनि यो अफरमा सहभागि गराइनेछ । मेरो शेयर तथा डिम्याट खाता नबीकरण गर्ने मध्येबाट विजेता छनौट भएको खण्डमा त्यस्ता प्रयोगकर्ताले भने विजेता भईसके पछि टीएमएसबाट शेयर खरिद गर्नु पर्ने हुन्छ । यसरी शेयर खरिद गरेको रकम इसेवाबाट भुक्तान गर्ने क्रममा १० कित्ता शेयर बराबरको रकम वा बढीमा १५ हजार रुपैंया विजेताको इसेवा खातामा जम्मा गरिदिने इसेवाले जनाएको हो ।

कसरी गर्ने इसेवाबाट रकम भुक्तानी ?

इसेवा लगइन गरी फाइनान्सियल सर्भिसेजमा किल्क गरे पछि आउने सूचीमा ब्रोकर पेमेण्टमा जानु पर्ने हुन्छ । यहाँ आफ्नो ब्रोकर नभेटिएको खण्डमा ब्रोकर पेमेण्टसँगै रहेको क्यापिटल मार्केटमा क्लिक गरेर पनि आफ्नो ब्रोकर छनौट गर्न सकिन्छ ।

आफ्नो ब्रोकर छनौट गरी क्लिक गरे पछि मागिएको विबरण भरेर शेयर खरिद वापतको रकम भुक्तानी गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।