व्यवसाय विस्तारमा आक्रमक बन्दै माछापुच्छ्रे् बैंक, १३ नयाँ शाखा संचालनमा

0
Shares

माछापुच्छ्रे् बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ वटा नयाँ कार्यालयहरु संचालनमा ल्याएको छ ।

बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्चनरुपमा जम्मा ९ वटा शाखा संचालनमा ल्याएको जनाएको छ ।

यस्तै, प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरु संचालनमा ल्याएको हो । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध रहने बैंकले जनाएको छ ।

देशभर बैंकका १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नेछ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।