स्रोत नखुलेको पौने २ लाख भारु सहित रौतहटबाट २ पक्राउ

0
Shares

नेपाल प्रहरीले रौतहटबाट स्रोत नखुलेको पौने २ लाख भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ईशनाथ नगरपालिका–१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँ सहित गौरका ३० वर्षीय सुखाडी सहनी लगायत २ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी बन्जराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहिबार  १३ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।