नर्भिक हस्पिटलमा शनिबार स्पाइनल र हाडजोर्नी रोगको फ्रि ओपीडी सञ्चालन हुने

0
Shares

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत शनिबार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन् ।

नर्भिकमा कार्यरत हार्डजोनी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले फ्रि ओपिडी सेवा दिने भएका हुन् ।

मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएका लगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा. चौधरीको क्याम्पसमा सहभागी भई निःशुल्क सेवा लिन  सक्नेछन् ।

नर्भिकले तीन साता अघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

यही क्रममा शनिवार (भोलि) डा. चौधरीले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भाद्र २०७८, शुक्रबार  १४ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।