कर्णाली प्रदेश र सेञ्चूरी बैंकबीच कृषि कर्जा सम्बन्धी सम्झौता सम्पन्न

0
Shares

 
सेञ्चुरी कमर्सियल बैंक र कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सम्झौता सम्पन्न भएको छ । 
 
मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच सम्झौता भएको हो । 
 
सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुबाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण कृषि कर्जा प्राप्त गर्न सक्नेछन् ।
 
उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले वीरेन्द्रनगर, सुर्खेत अवस्थित मन्त्रालयमा वसी हस्ताक्षर गरेका थिए । 
 
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।