चार किलो चरेससहित कञ्चनपुरबाट तीन जना पक्राउ

0
Shares

चार किलो लागु औषध चरेससहित कृष्णपुर नगरपालिका २ प्रगति टोलबाट प्रहरीले शुक्रवार साँझ तीन जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समुह ९आरआइटी० र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले चार किलो ४९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेकाअनुसार चरेस सहित पक्राउ पर्नेमा कैलालीको धनगढी उप महानगरपालिका ७ का २१ वर्षिय किसोर सिंह, कृष्णपुर नगरपालिका २ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङ छविस पाथिभरा गाउँपालिका ५ का ३२ वर्षिय झलक जाग्री रहेका छन् ।

पक्राउ परेकाहरुको शरीर खानतलासी गर्दा लुकाई राखेको अवस्थामा चरेस फेला परेको उनले बताए । पक्राउ परेकाहरु माथि अनुसनधानको कार्य भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ भाद्र २०७८, शनिबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।