नेपाल आइडल चौंथो सिजनको निर्णायक छनौट, यो पटक को-को रहनेछन् ?

0
Shares

चर्चित फ्रेन्चाइज गायन टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’को चौँथो संस्करणको लागि निर्णायक परिवर्तन भएका छन् ।  चौथो सिजनका लागि गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तानले नेपाल आइडलका निर्णायकको भुमिका निर्वाह गर्नेछन् ।

सिजन १ देखि ३ सम्मको निर्णायक संगितकार न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए । तेस्रो सिजनसम्मका निर्णायक अर्कै रियालिटी शोमा आबद्ध भएपछि व्यवस्थापन समितिले नयाँ निर्णायक टीम छनौट गरेको हो ।

‘नेपाल आइडल’ को डिजिटल अडिसन भदौ १ गतेदेखि शुरू भइसकेको छ । जुन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । कोभिड महामारीलाई मध्यनजर गर्दै डिजिटल अडिसनमार्फत सर्टलिस्टेड भएकाहरुलाई मात्र भौतिक रुपमा अडिसन लिइने आयोजकले जनाएको छ ।

डिजिटल अडिसनमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले देश तथा विदेशबाट समेत सहभागीता जनाउन सक्नेछन् । डिजिटल अडिसनका लागि प्ले स्टोरमा गएर एपी अन एप्लिकेसन डाउनलोड गरी अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी मागिएको विवरण भर्नुपर्नेछ । यसपछि आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिने आयोजकले जनाएको छ ।

नेपाल आइडल सिजन ४ को होस्टमा आसिफ शाहलाई टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरेले साथ दिने भएकी छिन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।  

प्रकाशित मिति: ५ भाद्र २०७८, शनिबार  १४ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।